FAQs Complain Problems

समाचार

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको 
करारमा हलुका सवारी चालक (श्रेणीविहीन) पदपूर्ति सम्बन्धीे सूचना
मिति २०७५।८।१९

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ अनुसार हलुका सवारी चालक (श्रेणीविहीन)  १ (एक) जना करारमा राख्नु पर्ने भएकोले सो पदको लागि आठौं कक्षा उत्तीर्ण, उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको), नवीकरण भएको सवारी चालक अनुमति पत्र प्राप्त योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र दिनको २ बजेसम्म यस कार्यालयमा राजस्व तिरेको रसिद सहित दरखास्त दिन आव्हान गरिएको छ । साथै उल्लिखित पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता परीक्षा सूचना प्रकाशन भएको १६ औ दिन, बिहान ८.०० बजे यस कार्यालयबाट तोकिएको स्थानमा संचालन हुने व्यहोरा जानकारी गराइन्छ । उल्लिखित पदमा प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले मात्र अन्तरवार्ता परीक्षामा समावेश हुन पाउनेछन् । यस पदको दरखास्त फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरुसहितको विस्तृत विवरण कार्यालय वा कार्यालयको वेभसाइट www.ilammun.gov.np बाट उपलब्ध हुनेछ । यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा प्रचलित कानुन एवम् इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ मा उल्लेख भए अनुसार  हुनेछ ।