FAQs Complain Problems

समाचार

इलाम नगरपालिका कार्यालय भवन निर्माणको शिलवन्दी वोलपत्र आब्हान सम्वन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०७२/११/१२
यस कार्यालय अन्र्तगत निम्नानुसारको निर्माण कार्य शिलबन्दी बोलपत्रबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक
नेपाली निर्माण व्यवसायीहरुका लागि निम्न शर्तहरुको अधिनमा रहि यो रीतपूर्वकको शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
१. बोलपत्र कागज यस कार्यालयबाट यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र प्रोपाइटर वा निजको अधिकृत प्रतिनिधिबाट
रीकतपूर्वकको दस्तूर (पछि फिर्ता नहुने गरी) वुझाई (राजश्व खाता नं. ०४००३००००४३२) खरिद गर्न सकिनेछ ।
२. बोलपत्र कागजात खरिद गर्न इच्छुक निर्माण व्यवसायीहरुले नियमानुसारको कागजात दस्तूर वुझाएको रसिद पेश गरी निवेदन दिनु पर्नेछ ।
निवेदनसाथ निर्माण व्यवसाय (इजाजत) प्रमाण पत्र, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण पत्र र गत आ. व.
२०७१।०७२ को कर चुक्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ ।
३. खरिद गरिएका बोलपत्र फारम नियमानुसार भरी सूचना प्रकाशित भएको मितिले ३१ (आँै) दिनको १२.०० वजेभित्र यस कार्यालयमा दाखिला
वा e-submission गर्न सकिनेछ । दाखिला हुन आएका वा e-submitted बोलपत्रहरु सोही दिनको २.०० वजे यस कार्यालयमा उपस्थित
बोलपत्र दाताहरु वा निजको अधिकार प्राप्त प्रतिनिधिहरु र तोकिएका कार्यालयका प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । बोलपत्रदाता वा
निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
४. बोलपत्र खरिद गरिने अन्तिम दिन वा बोलपत्र बुझाउने अन्तिम दिन विदा पर्न गएमा सोको लगतै कार्यालय खुलेको दिन बोलपत्र खरिद
गर्न वा बुझाउन सकिनेछ ।
५. बोलपत्र फारम यस कार्यालयमा खरिद वा दाखिला गर्न सकिनेछ । अन्य कार्यालयमा पेश गरिएको बोलपत्र लाई मान्यता दिईने छैन ।
६. बोलपत्र को खाम वाहिर बोलपत्र नम्बर, दाखिला गरिने कार्यालयको नाम, कामको विवरण र बोलपत्र दाताको नाम, ठेगाना र फोन नं (
घर तथा मोवाईल) स्पष्ट लेखिएको हुनु पर्नेछ ।
७. बोलपत्र साथ ने.वै.लि. इलाम स्थित यस कार्यालयको नाममा रहेको धरौटी खाता नं. ०४००३०००००३२ मा निर्माण सेवाको नामबाट
तपसिलमा उल्लेखित जमानतवापतको रकम जम्मा गरेको सक्कलै भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मितिदेखि कम्तिमा १२० (एकसय
बीस दिन) म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकहरुबाट यस कार्यालयको नाममा जारी गरिएको जमानी पत्र (
विडबण्ड) पेश गर्नु पर्नेछ । सो जमानी पत्र÷भौचरमा सम्बन्धित ठेक्का पट्टा नं. र कामको विवरण उल्लेख भएको हुनु पर्नेछ । सम्झौता
सम्पन्न भएपछि मात्र जमानत वापतको रकम फिर्ता गरिनेछ । e-bidding मार्फत् पेश गरेको विड डकुमेन्टहरुको सक्कल प्रति बोलपत्र
खोलिएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा बुझाउनु पर्नेछ । सक्कल कागजात नबुझाएको बोलपत्रहरु मान्य हुने छैन ।
८. बोलपत्रदाताले स्पप्टरुपमा अंक तथा अक्षर दुवैमा दररेट लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक देखिएमा अक्षरमा लेखिएको दररेटलाई मान्यता
दिइनेछ ।
९. एउटा फर्मका नामबाट खरिद गरिएको बोलपत्र फारम अर्को फर्मका नाममा दाखिला गर्न पाइने छैन ।
१०. बोलपत्रदाताले बोलपत्र पेश गर्दा मुल्य अभिवृद्धि करबाहेकको बोलपत्र पेश गर्नु पर्नेछ ।
११. स्थानीय तथा नेपाल सरकारलाई बुझाउनु पर्ने सबै प्रकारका करहरु बोलपत्र दाता स्वयम् आफैले बुझाउनु पर्नेछ ।
१२. अन्य विस्तृत विवरण Bid Document को Bid Data मा उल्लेख गरिएको छ । सो सम्बन्धमा आवश्यक पर्ने प्रमाणहरु पेश गन
जिम्मेवारी बोलपत्र दाताको हुनेछ ।
१३. सूचनाको शर्त विपरीत भएको, कार्यालयबाट उपलब्ध गराइएको बोलपत्र फाराममा कुनै थपघट गरिएको रीत नपुगेको, म्याद नाघी पेश हुन
आएको बोलपत्रउपर कुनै कारवाही गरिने छैन ।
१४ वोलपत्रको परीक्षण र मूल्यांकन तोकिएको स्पेशिफिकेसनअनुसार हुनेछ र परीक्षण गर्न लाग्ने सम्पूर्ण खर्च कवोल दररेटमा नै समावेश
गर्नुपर्नेछ ।
१५ वोलपत्रदाताहरुले आफ्नो वोलपत्र दाखिला गर्नु अगावै वोलपत्रमा उल्लेखित विवरणअनुसार परियोजनाको स्थलगत निरीक्षण गरी पेश गन
सकिनेछ ।
१६.e -submission सम्बन्धि जानकारी Annex 1 मा राखिएको छ ।
१७. e-bidding का लागि सार्वजनिक खरीद अनुगमन कार्यालयको Website : www.bolpatra.gov.np बाट bid document हरु
download गर्न सकिने छ । e -submission का लागि वोलपत्र खरिद दस्तुरवापत राजश्व खातामा जम्मा गरेको र सम्बन्धित ठेक्का पट्टा
नं. र कामको विवरण खुलेको राजश्व दाखिला भौचर Electronic bid files साथै पेश गर्नु पर्नेछ । e-bidding मार्फत् document
खरीद गर्नको लागि रकम जम्मा गर्ने वैंकको विवरण निम्नानुसार रहेको छ । फ्याक्स ट्रान्सफर आदि मार्फत ् गरिने खरीदउपर कारवाही
गरिने छैन ।

वैंकको नाम:– नेपाल वैक लि. इलाम
वैंक कोड नं.:– ११००१०३६
कार्यालय कोड नं.:– ०३/३६५/०२
धरौटी खाता नं. :– ०४००३००००४३२
१८. वोलपत्रको अन्य डकुमेण्टमा (भाषागत समेत) त्रुटी भएमा वा विषय वा प्रसंगले अन्य अर्थ लागेमा कार्यालयले कुनै वेला सच्याउन वाधा पर्ने
छैन । कार्यालयको हितलाई ध्यानमा राखी दरभाउपत्र स्वीकृत गर्नेनगर्ने वा आंशिकरुपमा स्वीकृत गर्ने वा सूचना नै रद्ध गर्ने लगायतका
सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
१९. सूचनामा उल्लेख भएकोमा सोहीवमोजिम र अन्य विषयको हकमा प्रचलित स्थानीय स्वायत्त शासन ऐन, नियमावली तथा सार्वजनिक खरिद
ऐन,२०६३ र सार्वजनिक खरिद (संशोधनसहित) नियमावली, २०६४ तथा प्रचलित ऐन नियमअनुसार हुनेछ ।
२०. वोलपत्र शर्तरहित, केरमेट नभएको मूल्यपत्र लगायत कार्यालयबाट उपलब्ध गराएका डकुमेण्ट फाराममा कुनै थपघट वा द्रष्टव्य
नलेखिएको हुनुपर्नेछ । विल अफ् क्वाण्टिटीबाहेक कैफियतमा उल्लेखित दर रेटलाई मूल्यांकनको आधार लिइने छैन । एकपटक पेश भएका
वोलपत्र फिर्ता वा संशोधन गर्न सकिने छैन ।
२१. वोलपत्र सम्वन्धि थप जानकारीका लागि कार्यालय समयमा यस कार्यालयको योजना तथा प्राविधिक शाखामा सम्पर्क गर्न सकिनेछ ।

सिलवन्दी बोलपत्र सम्वन्धि कार्यको विवरण

सि.नं. ठेक्का नं. कामको विवरण जमानत रकम वोलपत्र फारम दस्तुर रु. वोलपत्र खरिद गर्न
सकिने अवधि (दिन)
कैफियत
इ.न.पा.का./इलाम/
एनसिवि/निर्माण/०४/
०७२/०७३
इलाम नगरपालिका कार्यालय भवन निर्माण,
इलाम नगरपालिका वार्ड नं. – २, भानुपथ ।
१०,००,०००।०० १,०००।०० ३० दिन

आ. व. २०७२।०७३ मा
रु. १,००,००,०००।००,
आ. व. २०७३।०७४ मा
रु. १,००,००,०००।०० र
बाँकी पछि व्यवस्था
हुनेअनुसार ।