FAQs Complain Problems

समाचार

इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलामको मिति २०७५।८।३ को सूचना

इलाम नगरपालिका, सहकारी व्यवस्थापन ऐन, २०७४ को दफा ५२ र ५४ बमोजिम इलाम नगरपालिका कार्य क्षेत्र रहेर सञ्चालनमा रहेका सहकारी संस्थाहरुल प्रत्येक आर्थिक वर्ष समाप्त भएको ४ महिना भित्रमा लेखा परीक्षण प्रतिवेदनसहित अन्य विवरणहरु अनिवार्य रुपमा बुझाई सक्नु पर्ने प्रावधान रहेकोमा केही सहकारी संस्थाहरुले मात्र तोकिएको अवधि भित्र विवरण बुझाएको र केही सहकारी संस्थाहरुबाट हालसम्म प्रतिवेदन पेश हुन नआएको हुनाले यस कार्यालयको मिति २०७५।८।२ को निर्णयानुसार मिति २०७५ मंसिर मसान्त भित्रमा अनिवार्य रुपमा प्रतिवेदन विवरण बुझाउन हुन सम्पूर्ण सहकारी संस्थाहरुमा अनुरोध गर्दै उल्लिखित अवधिमा प्रतिवेदन नबुझाएमा कानुन बमोजिम हुने व्यहोरा समेत अग्रिम जानकारीको लागि अनुरोध छ । साथै यसै सूचनालाई आधार मानी आप्mनो वडा भित्रका सहकारी संस्थाहरुमा तत्कालै सूचना प्रवाह गर्न हुन सबै वडा कार्यालयहरुमा समेत अनुरोध छ ।