इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यलयमा हजुरलार्इ स्वागत छ।

फोटो ग्यालरी

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को आय व्यय सार्वजनिकरण

, , , ,

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाइ

, , ,

   पूर्वान्चल बिकास क्षेत्र, मेची अञ्चल, इलाम जिल्ला, निर्वाचन क्षेत्र नं. ३, इलाका नं. १, पहाडी भेगमा स्थापित इलाम नगरपालिका बि.सं. १८७५ मा सदरमुकाम तथा गौडा हुँदै  बि.सं. २०१५ नगरपालिका, बि .सं. २०१९ नगर पंचायत, बि.सं. २०४७ मा पुनः नगरपालिका भएको हो ।

 

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको नौ कुने पाखरीको हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्व रहको छ। माइपोखरी गा.वि.स. ६मा अवस्थित माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । यहाँ सम्म जानको लागि हिउँदमा यातायातको सुविधा छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । सामान्य चिया नास्ता होटलको व्यवस्था भएको यस ठाउँको भ्रमण गर्न असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाख लाई उपयुक्त मानिन्छ । करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरिपूर्ण पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ।

मार्इपोखरी

Pages