FAQs Complain Problems

News and Events

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिकाको मिति २०७३।०४।०७ मा सम्पन्न आ.ब. ०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीबाट आ.ब. ०७२।०७३ को बार्षिक प्रगति विवरण निम्न सुझाव / निष्कर्षसहित पारित भएको जानकारीको लागि अनुरोध छ ।

 

आसय पत्र पेश गर्ने सूचना

इलाम नगरपालिकाको कार्यलय, हरित उध्दमशीलताका लागि सार्वजनिक निजी साझेदारी (PPP for 4 Gs) परियोजना अन्तर्गत फोहरमैला व्यवस्थापन तथा उध्दमशिलता विकासको लागि आसय पत्र (EOI) पेश गर्ने सूचना ( सूचना प्रकाशन मिति २०७३।०४।१२ गते)

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न

आज मिति २०७३।०४।०७ गतेका दिन इलाम नगरपालिकाका कार्यकारी अधिकृत श्री महेन्द्रकुमार खाम्याहाङको अध्यक्षतामा इलाम नगरपालिकाको आ.व. ०७२।०७३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरियो ।

थप जानकारीको लागी Supporting Document हेर्नुहोला ।

इलाम नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी सम्वन्धि सूचना

यस नगरपालिकाको आ.व. २०७२।२०७३ मा सम्पन्न योजना तथा कार्यक्रमको समिक्षा गोष्ठी सम्वन्धि सूचना

सार्वजनिकसुनुवाइ कार्यक्रम

इलाम नगरपालिकाको आ.व. ०७२्।०७३ अन्तर्गत तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०७३।०३।३० गतेका दिन दिउँसो ११ बजे महमाई नि.मा.वि. इलाम नगरपालिका वार्ड नं. ५ भन्ज्याङ्गमा आयोजना हुने भएकोले सो कार्यक्रममा सरोकारवाला राजनैतिक दल, कार्यालय,विध्दालय, संघसंस्था, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था तथा सर्वसाधारणहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध  छ ।

भूल सुधार गरिएको बारे ।

यस कार्यालयद्धारा मिति २०७२/११/१२ मा प्रकाशित सूचना नं. इ.न.पा.का./इलाम/ एन.सी.वि./ निर्माण /०४ /०७२/०७३ योजनाको नाम इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथका टेण्डर डकुमेण्टको BOQ (Bill of Quantity) मा योजनाको नाम र ठेगानामा इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथ हुनुपर्नेमा अन्यथा भएकोले उल्लेखितअनुसार कायम हुने गरी सच्याइएका व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
महेन्द्र कुमार खाम्याहाङ्ग
कार्यकारी अधिकृत

कार्यक्रम अधिकृत पदमा रोजगारिको अबसर

यस इलाम नगरपालिकाको कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person ) पदमा १ जना कर्मचारी आवस्यकता परेको हुदा मिति २०७२/११/१९ गते बुधबार सम्ममा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम दस्तुर रु. १०००।- (एक हजार) तिरी  राजस्व शाखाबाट लिई सोको रसिद दरखास्त फारमसंग संलग्न गरी बुझाउनु पर्ने छ ।

New Website of Ilam Municipality

New website for Ilam Municipality has been launched. This website is believed to be more user-friendly and easy to navigate than the previous one. This site intends  to provide up to date information about the incidents and notices about the municipality. All suggestions are welcome.

Pages