FAQs Complain Problems

News and Events

सरसफाई ऐन २०७६

Post date: Monday, August 19, 2019 - 14:25

संस्था दर्ता ऐन २०७६

Post date: Monday, August 19, 2019 - 14:21

उधोग व्यवसाय

Post date: Monday, August 19, 2019 - 14:18

आर्थिक ऐन २०७६/०७७

Post date: Monday, August 19, 2019 - 13:08

बिनियोजन ऐन २०७६

Post date: Monday, August 19, 2019 - 12:55

सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको सदरमुकाममा दिगो समाधानका लागि नयाँ योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी इलाम बजार तेस्रो साना सहरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । 

 

एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको हो । कुल ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको ५७ करोड, ९५ लाख, ७ हजारमा ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।
आयोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराएको हो । बाँकी २५ प्रतिशत रकम भने नगर विकास कोषबाट ऋण लिइएको छ । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता छ । त्यसका लागि इलाम नगरपालिका ६, ७, ८ र ९ (साविकको इलाम नगरपालिका) का ३हजार घरधुरीले पहिलो चरणमा १५ हजार २ सयका दरले रकम जम्मा गरिसकेका छन् ।
गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा पूरा गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । खानेपानी ल्याउनका लागि यस अगाडि नै प्रतिघरधुरी १५ हजार २ सयका दरले रकम उठाइएको इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।
‘आयोजना सम्पन्न भएपछि इलाम बजारमा २४ सै घण्टा पानी झर्ने छ,’ उनले भने, ‘अहिलेको अभाव टार्नसँगै भविष्यको बढदो अवधिलाई पनि लक्षित गरी यो योजना सञ्चालनमा ल्याइएको हो ।’ राणा शासनकालदेखिकै कतिपय पूर्वाधार रहेको अहिलेको पानी आपूर्ति व्यवस्थाले सदरमुकामको माग धान्न नसक्दा समस्या छ ।
सुक्खायाममा मूल सुक्ने र वर्षातमा बाढीपहिरोले संरचना क्षतिग्रस्त बनाउँदा पानीको अभाव हुने गरेको हो । हालसम्म कार्यालय व्यवस्थापन, पाइप खरिद, माटो परीक्षण, कर्मचारी व्यवस्थापनको काम सम्पन्न भएको भइसकेको आयोजनाले जानकारी दियो । आयोजनाका प्रमुख इन्जिनियर मेघराज धिमालले पाइप फिटिङको कार्य समेत सुरु भएकाले समयमा नै काम सम्पन्न हुने बताए ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका ३ वटा र भाँडीखोलाबाट पानी ल्याइने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । योजना सम्पन्न भएपछि आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने छ । लागत सहभागिताबापतको रकमबाटै उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिने छ । साना सहरी आयोजनाले काम शुरु गरेको मुहान र अहिले नगरपालिकामा पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो ।

साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर उत्तरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्न लागेको हो । आयोजना सञ्चालनपछि नगरका चारवटै वडामा पिउने पानीको समस्या हट्ने नगरपालिकाको भनाइ छ ।

स्रोत : कान्तिपुर दैनिक पत्रिका

Post date: Monday, August 19, 2019 - 12:01

आय ठेक्का सूचना २०७६

Post date: Sunday, June 16, 2019 - 14:06

शिक्षक करार सुची

Post date: Tuesday, June 4, 2019 - 13:24

करारमा शिक्षक आवश्यकता

Post date: Thursday, May 16, 2019 - 14:43

अाशय पत्र

Post date: Sunday, April 21, 2019 - 10:18

निशुल्क आँखा शिविर सम्बन्धी सूचना

मिति २०७५।१२।२२

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम, बिराटनगर आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ इलाम, जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा मिति २०७६ साल बैशाख ५, ६ र ७ गतेका दिन इलाम अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले आँखाका रोगीहरुले समयमै सर्म्पर्क राखी आँखाको उपचार गराउन हुन अनुरोध छ । साथै यस सूचनालाई जेष्ठ नागरिक तथा आँखाका रोगीहरु समक्ष प्रचारप्रसार गरि दिन हुन इलाम नगरपालिकाका जनप्रतिनिधिज्यूहरु, वडा सचिव, स्वास्थ्य केन्द्र प्रमुख, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा समेत अनुरोध छ ।

Post date: Thursday, April 11, 2019 - 10:51

गोबरव्यास प्लान्ट तथा सुधारिएको धुँवारहित चुल्हो निर्माण सम्बन्धी सूचना

इलाम नगरपालिका, 

नगर कार्यपालिकाको कार्यालय, इलाम

गोबरग्यास प्लान्ट निर्माण सम्बन्धी सूचना

मिति २०७५।१२।१९

इलाम नगरपालिका क्षेत्रमा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक नागरिकहरुलाई नगरपालिकाले प्लान्ट निर्माणमा सहयोग गर्ने भएको हुँदा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक इलाम नगर क्षेत्रका नागरिकहरुले निम्नानुसार विवरण खुलाई वडा कार्यालयको सिफारिससहित १५ दिन भित्रमा यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ ।

निम्न ः

१. आफूले निर्माण गर्न चाहेको प्लान्टको घनमिटर,

२. आफूले लगानी गर्ने रकम 

३. नगरपालिकाबाट अपेक्षा गरिएको रकम

४. निर्माण गरिएको प्लान्टको दिगो र नियमित सञ्चालन तथा मर्मतसुधारको प्रत्याभूति ।

५. गत ५ वर्षयता गोबरग्यास प्लान्ट निर्माण नगरेको ।

 

 

 

इलाम नगरपालिका, 

नगर कार्यपालिकाको कार्यालय, इलाम

सुधारिएको धुँवारहित चुल्हो निर्माण सम्बन्धी सूचना

मिति २०७५।१२।१९

इलाम नगरपालिका क्षेत्रमा सुधारिएको धुँवारहित चुल्हो निर्माण गर्न इच्छुक व्यक्ति / संस्था / संगठित उपभोक्ताहरुलाई नगरपालिकाले सुधारिएको धुँवारहित चुल्हो निर्माणमा सहयोग गर्ने भएको हुँदा इच्छुक व्यक्ति / संस्था / संगठित उपभोक्ताहरुले निम्नानुसार विवरण खुलाई वडा कार्यालयको सिफारिससहित १५ दिन भित्रमा यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ ।

निम्न ः

२. आफूले लगानी गर्ने रकम 

३. नगरपालिकनबाट अपेक्षा गरिएको रकम

४.निर्माण गरिएको चुल्होको नियमित सञ्चालन तथा प्रयोगको प्रत्याभूति ।

५. परिवार संख्या वा संस्थाका सदस्य संख्या 

Post date: Thursday, April 11, 2019 - 10:50

आगलागी जस्तो विपद्को घटनाहरु हुन नदिनका लागि सबैले देख्ने गरी सूचना प्रचारप्रसार गर्न हुन ।

सूचना

यस वर्षो हावाहुरीको मौसम शुरु भइसकेको छ । हावाहुरीको मौसममा आगलागीको सम्भावना बढी हुने र त्यसबाट जनधनको क्षति लगायत विपद्का अन्य घटनाहरु हुन सक्ने भएकोले आगलागी जस्तो विपद्का घटनाहरु हुन नदिनका लागि सचेतता अपनाउन हुन इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम हार्दिक अनुरोध गर्दछ ।

 निम्न ः

· वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।

· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।

· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।

· होटल, कारखाना, मिनीमार्केट, ग्यास पसलहरुमा आकस्मिक सुरक्षाका लागि फायरस्टिङ्ग्युसर राखौ ।

· खाना पकाइ सकेपछि ग्यास सिलिण्डरको रेगुलेर अनिवार्य रुपले बन्द गरौ । 

· र्सार्वजनिक स्थलमा जथाभावी धुम्रपान नगरौ, चुरोट बिडीका ठुटाहरु निभाएर मात्र डस्विनमा हालौ ।

· आफ्नो घरको विद्युत वायरिङ्गमा कहीकतै नाङ्गो तार देखिए तुरुन्त मर्मतसुधार गराऔ ।

· पेट्रोल डिजेल जस्ता अति प्रज्वलनशील पदार्थहरु जथाभावी खुला रुपले बेचबिखन नगरौ र असुरक्षित ढङ्गले नराखौ ।

· फोहरमैलालाई जलाउने कार्य नगरौ ।

· कहीकतै आगलागीको घटना भएमा ५२००३० नम्बरमा दमकल र १०० नम्बरमा प्रहरीलाई सूचना गरौ ।

Post date: Thursday, April 11, 2019 - 10:36

इलाम बजार तेश्रो शहरी खानेपानी आयोजना शुरु

इलाममा सञ्चालन हुन लागेको ‘इलाम बजार तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना’ को निर्माण सुरु भएको छ ।

निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएसँगै आयोजनाको निर्माण कार्य सुरु भएको नगरपालिकाले विहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ । सम्झौतालाई विहीबार बसेको बैठकले अनुमोदन गरेको बस्नेताले जानकारी दिए ।

निर्माण पश्चात निर्माण भएका सवै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका नगर प्रमुख बस्नेतले जानकारी दिए ।
इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको छ ।

खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार ७ सय ५० रुपैयाँ ऋण लिएको छ । २० वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत व्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत २ करोड ८९ लाख ७५ हजार ३ सय ५० हजार रुपैयाँ मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजना २ वर्ष भित्रमा सम्पन्न हुनेगरी सम्झौता भएको छ ।

आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एसीयाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।

एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउनेछ । साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर को सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाईन तयार भएको छ ।

आयोजनाको सुरुको वर्ष दुई हजार सात सय ९८ घरधुरको २१ हजार चार सय ३३ उपभोक्तालाई दिनको सय लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको संख्या ३० हजार तीन सय २५ पुग्ने अनुमान छ ।

यस्तै कार्यपालिका बैठकले नगरपालिका भित्र यसै शैक्षिक सत्रदेखी मेडिकल कलेज सञ्चालन गर्न सिटिइभिटीसँग सहकार्य गर्ने, त्यसका लागि पहल गरिदिन संघीय सांदिलाई अनुरोध गर्ने, जिल्ला प्रशासन कार्यालय इलामको पुरानो भवनमा संग्रालय स्थापनाका लागि कार्य अगाडी बढाउने निर्णय भएको  छ ।

समाचार साभार :www.nayabulanda.com ,नयाँ बुलन्द 

Post date: Friday, April 5, 2019 - 15:43

इलाम नगरपालिकाकाे अनुराेध

वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।

· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।

· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।

· होटल, कारखाना, मिनीमार्केट, ग्यास पसलहरुमा आकस्मिक सुरक्षाका लागि फायरस्टिङ्ग्युसर राखौ ।

· खाना पकाइ सकेपछि ग्यास सिलिण्डरको रेगुलेर अनिवार्य रुपले बन्द गरौ । 

· र्सार्वजनिक स्थलमा जथाभावी धुम्रपान नगरौ, चुरोट बिडीका ठुटाहरु निभाएर मात्र डस्विनमा हालौ ।

· आफ्नो घरको विद्युत वायरिङ्गमा कहीकतै नाङ्गो तार देखिए तुरुन्त मर्मतसुधार गराऔ ।

· पेट्रोल डिजेल जस्ता अति प्रज्वलनशील पदार्थहरु जथाभावी खुला रुपले बेचबिखन नगरौ र असुरक्षित ढङ्गले नराखौ ।

· फोहरमैलालाई जलाउने कार्य नगरौ ।

· कहीकतै आगलागीको घटना भएमा ५२००३० नम्बरमा दमकल र १०० नम्बरमा प्रहरीलाई सूचना गरौ ।

Post date: Tuesday, March 26, 2019 - 14:11

लेखा परिक्षणको लागि चार्टड एकाउन्टेन्ट संस्थाको आवश्यकता

  इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको
मिति २०७५।११।६ को सूचना

इलाम नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुको आ.ब. २०७४।०७५ सम्मको अन्तिम लेखा परीक्षण कार्य गर्नु पर्ने हुँदा इच्छुक लेखा परीक्षकहरुले मिति २०७५।११।१६ गते भित्रमा यस कार्यालयमा नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको नवीकरण भएको सदस्यता प्रमाणपत्र, स्थायी लेखा नं. दर्ता प्रमाणपत्र, आ.ब. २०७४।०७५ को करचुक्ता प्रमाणपत्र, इलाम नगरपालिकाको व्यवसाय दर्ता प्रमाणपत्रको फोटोकपी लगायत आवश्यक अन्य कागजातसहित आवेदन गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि यस कार्यालयको सूचना पाटी वा वेभसाइट www.ilammun.gov.np  हेर्न हुन सम्बन्धित सबैमा सूचित   गरिन्छ ।

  प्रमुख प्रशासकीय अधिकृत
 

Post date: Monday, February 18, 2019 - 20:35

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति इलामको कार्यक्रम

मिति २०७५।११।६ गते बिहान ७ बजे आफ्नो कार्यालय संघसंस्था परिसरमा सरसफाइ
मिति २०७५।११।७ गते बिहान ७.३० बजे ठूलो टुँडिखेलमा भेला भई चोकबजार हुँदै जिसस भवनसम्म प्रभातफेरी गरी सभामा परिणत र प्रवचन कार्यक्रम
मिति २०७५।११।७ गते बिहान ८.३० बजे जिसस भवनमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम
मिति २०७५।११।७ गते दिउँसो ११.३० बजे जिसस भवनमा प्रजातन्त्र विषयमा वक्तृत्वकला प्रतियोगिता
मिति २०७५।११।७ गते साँझ ६.३० बजे इलाम चोकबजारमा मैनबत्ती प्रज्वलन/दीपावली कार्यक्रम
मिति २०७५।११।८ गते बिहान ८.०० बजे इलाम अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रम
मिति ०७५।११।६ देखि ८ सम्म साँझ नगरमा दीपावली  

Post date: Monday, February 18, 2019 - 20:28

अाषय पत्र

Post date: Sunday, December 30, 2018 - 11:40

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, इलामको मिति २०७५।९।१३ को सूचना

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, इलामको मिति २०७५।९।१३ को सूचना
इलाम सदरमुकाम -खलंगा) स्थापनाको २०० वर्षपूरा भएको अवसरमा आयोजित इलाम हाम्रो गौरव कार्यक्रमअर्न्तर्गत इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ, महासंघअर्न्तर्गत प्रदेश नं. १ र ३ साथै इलाम उद्योग वाणिज्य संघको संयोजनमा इलाम लगानी प्रवर्द्धन सम्मेलनको उद्घाटन र सम्माननीय प्रधानमन्त्रीज्यूको नागरिक अभिनन्दन कार्यक्रम मिति २०७५ पौष २० गते दिउँसो १ बजे इलामको टुँडिखेलमा भव्यताका साथ सम्पन्न हुने भएकोले सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । सो कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन हुने र इलामका उत्पादनहरुको प्रदर्शनी स्टल समेत रहने व्यहोरा अनुरोध छ । साथै यस सूचनालाई व्यापक रुपमा प्रचारप्रसार गरी दिन हुन इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु, इलाम नगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयहरु, इलाम नगरपालिका क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरु र इलाम नगरपालिकाअर्न्तर्गत गठन भएका विभिन्न समिति, उपसमिति तथा उपभोक्ता समितिहरुमा समेत हार्दिक अनुरोध छ । साथै इलाम लगानी प्रवर्द्धन सम्मेलन सम्बन्धमा थप जानकारी लिनु परेमा फोन नं. ५२१५९२ मा सर्म्पर्क गर्न सकिनेछ ।

Post date: Sunday, December 30, 2018 - 10:38

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको 
करारमा हलुका सवारी चालक (श्रेणीविहीन) पदपूर्ति सम्बन्धीे सूचना
मिति २०७५।८।१९

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ अनुसार हलुका सवारी चालक (श्रेणीविहीन)  १ (एक) जना करारमा राख्नु पर्ने भएकोले सो पदको लागि आठौं कक्षा उत्तीर्ण, उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको), नवीकरण भएको सवारी चालक अनुमति पत्र प्राप्त योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र दिनको २ बजेसम्म यस कार्यालयमा राजस्व तिरेको रसिद सहित दरखास्त दिन आव्हान गरिएको छ । साथै उल्लिखित पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता परीक्षा सूचना प्रकाशन भएको १६ औ दिन, बिहान ८.०० बजे यस कार्यालयबाट तोकिएको स्थानमा संचालन हुने व्यहोरा जानकारी गराइन्छ । उल्लिखित पदमा प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले मात्र अन्तरवार्ता परीक्षामा समावेश हुन पाउनेछन् । यस पदको दरखास्त फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरुसहितको विस्तृत विवरण कार्यालय वा कार्यालयको वेभसाइट www.ilammun.gov.np बाट उपलब्ध हुनेछ । यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा प्रचलित कानुन एवम् इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ मा उल्लेख भए अनुसार  हुनेछ ।

Post date: Thursday, December 6, 2018 - 14:22

इलाम न_.पा. टेण्डर 075-076 सूचना

Post date: Thursday, November 22, 2018 - 07:52

खाता संचालन सम्बन्धि

Post date: Thursday, October 4, 2018 - 14:29

घर भाडा सम्बन्धमा

मिति २०७५।६।१० को सूचना

सार्वजनिक खरिद नियमावली २०६४ को दफा ९४ को उपदफा ११ बमोजिम यस कार्यालयको जिन्सी भण्डार प्रयोजनका लागि निम्नानुसारको शर्त तथा विवरण अनुसार आरसीसी पक्की घरको एकै प्mल्याटमा रहेको कम्तीमा २ वटा कोठा १ वर्षको लागि भाडामा लिनु पर्ने भएकोले यो ७ दिने सूचना प्रकाशन गरिएको हुँदा इच्छुक घरधनीले म्याद भित्र यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ । प्राप्त आवेदनहरु मध्ये कार्यालयले उपयुक्त ठह¥याएको आवेदकको प्रस्ताव स्वीकृत गरी सोभैm वार्ताको माध्यमबाट घरभाडाको संझौता हुनेछ ।
निम्न ः
    न.पा.कार्यालयदेखि २ किलोमिटरको परिधि भित्र रहेको क्षेत्र भित्र आरसीसी पक्की घर हुनु पर्ने ।
    कोठाहरू कम्तीमा १० वाइ १० फुटको हुनु पर्ने ।
    सवारी साधन पार्किङ्गको व्यवस्था भएको घरलाई प्राथमिकता दिइने ।
    मोटरेवल सडकसँग जोडिएको हुनु पर्ने ।
    बिजुली, पानीको शुल्क कार्यालयले छुटृै व्यहोर्ने ।
    घरको भाडा नियमानुसार बहाल कर कटृा गरेर मात्र भुक्तानी हुने ।
    संझौतापश्चात कार्यालयले ६ महिनासम्मको भाडा अग्रिम रुपमा दिन सक्ने ।
    कार्यालयले आवश्यकताको आधारमा मर्मतसुधार गर्न सक्ने ।

 

Post date: Thursday, September 27, 2018 - 14:46

सामाजिक सुरक्षाको सूचना

Post date: Thursday, July 26, 2018 - 14:17

सटर पसलको सूचना २०७५०४०२

Post date: Wednesday, July 18, 2018 - 16:54

पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको 
पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी
मिति २०७५।२।२७ को सूचना

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २८ बमोजिम यस कार्यालयमा रहेका पुराना जिन्सी मालसामानहरु जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा एकमुस्ट लिलाम बिक्री गर्नु पर्ने भएको हुनाले लिलाम बढाबढमा भाग लिन इच्छुक सम्बन्धित सबैमा जानकारीको लागि यो लिलाम बिक्रीसम्बन्धी सूचना प्रकाशन गरिएको छ । लिलाम बिक्री हुने पुराना जिन्सी मालसामानहरुको विवरण यस कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ ।
निम्नः
१. लिलाम बढाबढमा भाग लिन इच्छुक व्यक्तिहरुले मिति २०७५।३।१७ गते दिउँसो १२ बजे भित्रमा न्यूनतम मूल्यको ५ प्रतिशतले धरौटी वापत हुन आउने रकमसहित यस कार्यालयको राजश्व शाखामा नाम दर्ता गराउनु पर्नेछ ।
२. लिलाम बिक्री तथा बढाबढ कार्य मिति २०७४।३।१७ गते दिउँसो १ बजेदेखि कार्यालय समयसम्म यस कार्यालयको सभा कक्षमा हुनेछ ।
३. लिलाम बढाबढको शुरु अंक न्यूनतम मूल्य रु ५,७४,७३५।०० हुनेछ । डाक बोल्न अगावै बोलिएको अंकको ५ प्रतिशतले हुन आउने रकम नगदै धरौटी राख्नु पर्नेछ र डाक अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी अंक थप हुँदै जानेछ ।
४.लिलाम सकार गरेपछि ७ दिन भित्रमा बाँकी रकम दाखिला गरी लिलाम भएको मालसामान उठाई लैजानु पर्नेछ, तोकेको अवधि भित्र कवोल रकम नबुझाएमा वा रकम बुझाइ मालसामान नउठाएमा धरौटी वापत राखिएको रकम जफत गरी अर्को व्यवस्था गरिनेछ ।
५. लिलाम बिक्रीको जिन्सी मालसामान सम्बन्धमा थप जानकारी लिनु परेमा वा बुभ्mन चाहेमा वा हेर्न चाहेमा कार्यालय समयभित्र जिन्सी शाखामा सम्पर्क गर्न सकिनेछ ।
 

Post date: Tuesday, June 12, 2018 - 13:41

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

इलामको मिति २०७५।२।१५ को 

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

 

यस इलाम नगरपालिकाअर्न्तर्गत वडा नं. १, २, ३, ४, ५, १०, ११ र १२ मा हालसम्म मालपोत असूल भई आएकोमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५ बमोजिम २०७५ श्रावण १ गतेदेखि एकीकृत सम्पत्ति कर लागू गरिने र इलाम नगरपालिका वार्ड नं. ६, ७, ८ र ९ का जग्गाधनीहरुको एकीकृत सम्पत्तिकरको विवरण अद्यावधिक -इलाम नगरपालिका वार्ड नं. ६, ७, ८ र ९ का जग्गाधनीहरुको इलाम नगरपालिका वार्ड नं. १, २, ३, ४, ५, १०, ११ र १२ मा भएको सम्पत्तिको विवरण समेत एकीकृत गरिने) गरिने भएकाले इलाम नगरपालिका क्षेत्रभित्र जग्गा रहेका जग्गाधनीहरूलाई आफ्नो जग्गा र सो जग्गामा बनेको संरचनाको विवरण दाखिला गरी इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा लगत कायम गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । 

 

सम्पत्तिको विवरण दाखिला गर्ने फाराम आप\mनो स्थायी बसोबास रहेको वडाको वडा कार्यालय र यस कार्यालयको हेल्प डेस्कबाट निशुल्क उपलब्ध हुने हुनाले आ.ब. २०७४।०७५ को सम्पत्तिकर -इलाम नगरपालिका वार्ड नं. ६, ७, ८ र ९ को हकमा) वा मालपोत -इलाम नगरपालिका वार्ड नं. १, २, ३, ४, ५, १०, ११ र १२ को हकमा) चुक्ता गरेको रसिद देखाएर फाराम प्राप्त गर्नु भई सो फाराममा सत्यतथ्य विवरण भरी ३५ दिन भित्रमा नगर कार्यपालिकाको कार्यालयमा दाखिला गर्नु हुन अनुरोध छ । यस्तो विवरण जग्गाधनी आफै वा सगोल परिवारका व्यक्ति वा जग्गाधनीको मञ्जुरीनामा प्राप्त व्यक्तिले मात्र बुझाउन सक्नेछ । एकीकृत सम्पत्तिकरको आवेदन फाराम भर्ने भराउने कार्यमा वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक, कर्मचारी र वडामा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुबाट निशुल्क सहयोग लिन सकिनेछ । एकीकृत सम्पत्तिकरको विवरण दाखिला गर्ने कार्य आप\mनो स्थायी बसोबास रहेको वडाको वडा कार्यालयमा गर्न सकिनेछ ।

 

इलाम नगरपालिकाले तोकेको अन्तिम मितिसम्म पनि विवरण दाखिला नगर्ने जग्गाधनीहरूले विलम्ब शुल्क तिर्नुपर्ने हुँदा तोकिएको समयभित्रै आ-आफ्नो सम्पत्ति -घर र संरचना) को विवरण पेश गर्नु हुन हार्दिक अनुरोध गरिन्छ । एकीकृत सम्पत्ति करको विवरण दाखिला गर्नका लागि आ.व. २०७४।०७५ सम्मको एकीकृत सम्पत्तिकर वा मालपोत चुक्ता गर्नु पर्नेछ । एकीकृत सम्पति कर तिरेपछि सो घररजग्गामा मालपोत नलाग्ने व्यहोरा समेत जानकारी गराइन्छ ।

Post date: Tuesday, June 12, 2018 - 13:33

सि.टि मार्ट को सूचना

Post date: Sunday, April 8, 2018 - 16:34

नगर पाश्र्व चीत्र (Municipal Profile) सम्वन्धि सूचना

नगर पाश्र्व चीत्र (Municipal Profile) सम्वन्धि सूचना

Post date: Friday, December 15, 2017 - 16:10

सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी स‌बन्धमा

                           विषयः—सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी संबन्धमा  ।

श्री वडा कार्यालय सबै
इलाम नगरपालिका

   नेपाल सरकारको केन्द्रिय निति अनुरुप सामाजिका सुरक्षा कार्यक्रम अन्तरगत वितरण हुने भत्ता रकम दोस्रो चौमासिकदेखि नगद वितरण नहुने हुँदा वडामा भएका सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्ने महानुभावहरुलाई बैक खाता खोली २०७४ मसिंंर १५ गते भित्र इलाम नगरपालिकामा  नामनामेसी समेत वैक खाता नंबर दिन हुन यो पत्र लेखिएको छ ।अन्यथा बैक खाता नभएमा भत्ता रकम भुक्तानी नहुने भएको हुँदा सो को जिम्मेवारी वडा कार्यालयको नै हुने हँुदा उक्त मिति भित्र खाता खोली यस कार्यालयमा पठाई दिन हुन आदेशानुसार अनुरोध गरिएको छ ।
 

वोधार्थ
श्रीमान प्रमुख ज्यु ,
नगर सभा भवन                                                                                                                                                                  राम कुमार श्रेष्ठ
इलाम नगरपालिका                                                                                                                                                                लेखा अधिकृत
नगर सुचना केन्द्र, इलाम नगरपालिका कार्यालय
इलाम ।

 

Post date: Tuesday, October 10, 2017 - 15:18

सूचना

सामाजिक सुरक्षा सम्बन्धी सूचना

Post date: Monday, September 4, 2017 - 15:42

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिका नगर कार्यपालिका इलाम को सूचना ।

 

Post date: Wednesday, May 3, 2017 - 13:51

इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलामको सूचना

इलाम नगरपालिकाको आ.ब. २०७३।७४ को लक्षित समूहअन्तर्गत बालबालिकातर्फको बजेटबाट प्रतियोगिता संचालन गरिने सूचना ।

Post date: Friday, April 7, 2017 - 12:06

सूचना सूचना सुचना

इलाम नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, इलामको
मिति २०७३।११।३० को सूचना
जिल्ला प्रशासन कार्यालय इलामको च.नं. ५०४७ मिति २०७३।११।२७ को पत्रानुसार निम्न मिति, समय र स्थानमा भेला भई र्‍यालीका साथ उपभोक्ता दिवस मनाउने कार्यक्रम भएको हुनाले सो र्‍यालीमा सहभागी भई कार्यक्रम सफल पार्न हुन सबै महानुभावहरूमा अनुरोध छ ।
निम्न ः-
मिति ः २०७३।१२।२ गते
समय ः बिहान ७.३० बजे
स्थान ः ठूलो टुँडिखेल इलाम

Post date: Tuesday, March 14, 2017 - 11:08

चर्पीको ढल नालीमा हाल्ने फन्दामा

इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।

स्थानीयबासीको उजुरीको आधारमा अनुगमन टोली तत् तत् स्थानमा अनुगमनमा गएको थियो । अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको स्थलगत सर्जिमिन मुचुल्का उठाएर ल्याएको छ । चर्पीको ढल सार्वजनिक नालामा मिसाउनेहरुलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्था बमोजिम न्युनतम ५ हजार देखि अधिकतम १५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बताए ।

उनले अरु कसैले चर्पीको ढल सार्वजनिक नालामा मिसाउने काम गरेको भए उजुरी गर्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, ‘उजुरी गर्ने तथा सुचना दिनेको नाम गोप्य रहनेछ, सार्वजनिक स्वास्थ्यको हित विरुद्ध काम गर्नेलाई कारवाही गराउन कोहि पनि डराउनु हुदैन ।’ जरिवाना तिर्न अटेर गर्नेको पिउने पानी, विद्युत, टेलिफोन लगायतका सेवा बन्द गर्ने तथा अचल सम्पति खरिदबिक्री बन्द गर्नसम्म सक्ने कानुनी प्रावधान रहेको छ ।

 

Post date: Thursday, March 2, 2017 - 10:55

इलाम नगरपालिकाको सुचना

Post date: Saturday, January 14, 2017 - 17:43

२२ औ नगरपरिषद्को सुचना

Post date: Sunday, January 8, 2017 - 19:36

२२अाै नगरपिरषद सम्वन्धि सुचना

२२अाै नगरपिरषद सम्वन्धि सुचना

Post date: Friday, January 6, 2017 - 13:45

२०७३ वडा भेला सम्वन्धि सुचना

२०७३ वडा भेला सम्वन्धि सुचना

Post date: Friday, January 6, 2017 - 13:40

सहयोग रकम सम्वन्धमा

Post date: Sunday, December 18, 2016 - 14:58

सम्झौताको लागि सम्पर्क राख्ने सम्वन्धमा

इलाम नगारपालिकाको सूचना

Post date: Thursday, November 17, 2016 - 18:06

इलाम नगरपालिकाको आ व २०७३।७४ को प्रथम सार्वजनिज सुनुवाइ सम्पन्न

इलाम नगरपालिका को प्रथम सार्वजनिक सुनुवाइ मिति २०७३ कार्तिक ३० गतेका दिन जिल्ला विकाश समिति इलामको सभा कक्षमा सु सम्पन्न भएको छ। जिल्ला विकाश समिति र इलाम नगरपालिका द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आ व २०७२।७३को सामाजिक परिक्षणको प्रतिवेदन पनि सार्बजनिकरण गरिएको थियो ।।

Post date: Wednesday, November 16, 2016 - 07:50

पहिलो सार्वजनिक सुनुवाइ को सूचना

इलाम नगरपालिकाको आ.व. ०७३।०७४ को पहिलो सार्वजनिक सुनुवाइ को सूचना

 

Post date: Thursday, November 10, 2016 - 11:49

आ.व. २०७३।७४ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको मूल अभिलेख

अनुसूची १० , दफा १७ को उपदफा १ सँग सम्वन्धित भत्ता,वृती, अनुदान पाउनेहरुको मूल अभिलेख को लागि Supporting Document Download गर्नुहोला ।

Post date: Monday, August 15, 2016 - 15:36

सामाजिक सुरक्षा परिचय पत्र प्राप्तिका लागि दरखास्त दर्ता गराउने तथा नविकरण गर्ने बारेको सूचना

सामाजिक सुरक्षा परिचय पत्र प्राप्तिका लागि दरखास्त दर्ता गराउने तथा नविकरण गर्ने बारेको सूचना

Post date: Thursday, August 4, 2016 - 17:06

जानकारी सम्वन्धमा

इलाम नगरपालिकाको जानकारी

Post date: Sunday, July 31, 2016 - 17:07

Pages