यस वर्षो हावाहुरीको मौसम शुरु भइसकेको छ । हावाहुरीको मौसममा आगलागीको सम्भावना बढी हुने र त्यसबाट जनधनको क्षति लगायत विपद्का अन्य घटनाहरु हुन सक्ने भएकोले आगलागी जस्तो विपद्का घटनाहरु हुन नदिनका लागि सचेतता अपनाउन हुन इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम हार्दिक अनुरोध गर्दछ ।
निम्न ः
· वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।
· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।
· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।
इलाममा सञ्चालन हुन लागेको ‘इलाम बजार तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना’ को निर्माण सुरु भएको छ ।
निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएसँगै आयोजनाको निर्माण कार्य सुरु भएको नगरपालिकाले विहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ । सम्झौतालाई विहीबार बसेको बैठकले अनुमोदन गरेको बस्नेताले जानकारी दिए ।
निर्माण पश्चात निर्माण भएका सवै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका नगर प्रमुख बस्नेतले जानकारी दिए ।
इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको छ ।
मिति २०७५।११।६ गते बिहान ७ बजे आफ्नो कार्यालय संघसंस्था परिसरमा सरसफाइ
मिति २०७५।११।७ गते बिहान ७.३० बजे ठूलो टुँडिखेलमा भेला भई चोकबजार हुँदै जिसस भवनसम्म प्रभातफेरी गरी सभामा परिणत र प्रवचन कार्यक्रम
मिति २०७५।११।७ गते बिहान ८.३० बजे जिसस भवनमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम
मिति २०७५।११।७ गते दिउँसो ११.३० बजे जिसस भवनमा प्रजातन्त्र विषयमा वक्तृत्वकला प्रतियोगिता
मिति २०७५।११।७ गते साँझ ६.३० बजे इलाम चोकबजारमा मैनबत्ती प्रज्वलन/दीपावली कार्यक्रम
मिति २०७५।११।८ गते बिहान ८.०० बजे इलाम अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रम