FAQs Complain Problems

इलाम नगरपालिकाको प्राथमिकता तथा लक्ष्यहरू

इलाम नगरपालिकाको प्राथमिकता तथा लक्ष्यहरू

·    इलाम नगरलाई शिक्षाको केन्द्र, स्वास्थ्यको केन्द्र र पर्यटनको केन्द्रको रूपमा विकास गरेर लैजाने ।
·    नगरमा व्याप्त शहरी गरिबीलाई न्यूनीकरण गर्ने ।
·    नगरमा भौतिक संरचना तथा चेतना अभिबृद्धि गरेर लैजाने ।
·    नगरका जनताको आयस्तर तथा जीवनस्तर अभिबृद्धि गर्न सहयोग पुर्‍याउने ।
·    स्वच्छ समृद सुसंस्कृत इलाम निर्माण गर्ने ।
·    इलाम नगरलाई हरित नगरको रूपमा विकास गरी विश्वमा नमुना नगरको पहिचान दिने ।
·    भौतिक संरचना तथा पूर्वाधार निर्माणमा मात्र नभई स्वास्थ्य र शिक्षा क्षेत्रका लागि चेतनामूलक कार्य समेत गर्ने ।
·    नगरका जनताको स्वास्थ्यस्तरमा सुधारका लागि खानेपानी तथा सरसफाइसम्बन्धी  काम गर्ने ।
·    बालबालिका, महिला, अपाङ्ग, जेष्ठ नागरिक जस्ता लक्षित समूहको आर्थिक सामाजिक विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिने र बालमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने
·    जनचेतना अभिबृद्धि गर्दै गरिवी न्यूनीकरण तथा संस्थ्ाागत क्षमता विकास र सेवाहरूमा पहुँचमा वृद्घ िगर्ने     
·    पिछडिएका र सिमान्त वर्गको लागि विशेष कार्यक्रम संञ्चालन गर्नै 
·    व्यापार र वाणिज्य उद्योग धन्दाको निमित्त पहल गर्ने 
·    गैसस तथा निजी क्षेत्रसंगको सहभागिता अभिवृद्घ िगर्ने 
·    संस्थागत क्षमता विकास गर्ने