FAQs Complain Problems

समाचार

पर्यटकिय क्षेत्र पाटेनागी इ.न.पा वडा न‌ं ३

Read More

इलाम नगरपालिकाकाे भवन

Read More

समुन्नत इलाम सम्पन्न इलामेली

Read More

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल

Read More

इलाम नगरपालिकाको छोटो परिचय

इलाम नगरपालिका देशका पुराना नगरपालिका मध्ये एक हो । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । यस नगरपालिको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपाकिला सँग जोडिन पुगेको छ भने उत्तरमा सन्दकपुर गाउँपालिका र पाँचथर जिल्ला, पश्चिममा देउमाई नगरपाकिला र दक्षिणमा माई र सूर्योदय नगरपालिका पर्दछन् । दुई सय बर्षदेखि जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाले जिल्लासंग नाम मिल्नाले अन्यत्रका मानिसका लागि जिल्लाकै प्रतिनिधित्व गर्दै आएको छ ।

भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकामा ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरु उल्लेख्य रुपमा छन् । जिल्लाको शिक्षा, स्वाथ्य, खेलकूद, उद्योग, व्यापार वाणिज्य, पर्यटन समेतको केन्द्रको रुपमा रहेको यस नगरपालिकाको कूल जनसङ्ख्या ५००८५ रहेको छ । यो नगरपालिकाको जनघनत्व २८९ प्रति वर्ग कि.मी. छ । जिल्लाका ठूला खोलहरु माई, जोगमाई, पुवामाईका वेसीँहरु पर्ने भएकाले अन्नवाली उत्पादनका अव्वल क्षेत्रहरु यस नगरपालिकामा पर्दछन् । राई, लिम्वु, ब्राह्मण क्षेत्री, तामाङ, मगर, नेवार आदि जातिहरुको बसोवास रहेको छ । अनाथालय, बृद्धाआश्रम, फरक क्षमता भएका बालवालिकाका लागि विद्यालयल, प्राविधिक शिक्षालय आदिले यो नगरपालिकाको विशिष्टलाई चिनाउने कार्य गरेको छ ।

नेपालको प्रदेश नः १,  इलाम जिल्ला, पहाडी भेगमा स्थापित इलाम नगरपालिका बि.सं. १८७५ मा सदरमुकाम तथा गौडा हुँदै बि.सं. २०१५ नगरपालिका, बि.सं. २०१९ नगर पंचायत र बि.सं. २०४७ मा पुनः नगरपालिका भएको हो। इलाम नगरपालिकाको वार्ड बिभाजन १ देखि १२ सम्म छ। इलाम नगरपालिका एउटा पर्यटकीय नगरको रूपमा विकसित भएर गइरहेको र इलाम भविष्यमा सङ्घीय राज्यको राजधानीको रूपमा प्रस्तावित नगर हो। यस क्षेत्रमा पर्यटकीय पूर्वाधारका लागि विमानस्थल, जैविक विविधताले युक्त विभिन्न पर्यटकीय स्थल, सभागृह र शैक्षिक संस्थाहरूको व्यवस्थापन कार्य तीब्रतर गतिमा भइरहेको छ। सुरुदेखि नै आफ्नो क्षेत्रका नागरिकहरुको दैनिक तथा आवधिक आवश्यकता परिपूर्ति गर्ने स्थानीय निकायको रुपमा सेवा प्रधान गदै आएको संस्था हो। नगरवासीहरूको आर्थिक, सामाजिक उन्नतिका लागि अग्रगामी दिशोन्मुख गराउने तर्फलगाउने निकायको रूपमा प्रयासरत छ।

 

समाचार

जनप्रतिनिधि

केदार थापा
नगर प्रमुख
mayorilammun@gmail.com
9852685062
विष्णु कुमारी लिम्बु
उप– प्रमुख
upamayorilam@gmail.com
9852685061

कर्मचारी

गणेश कुमार खड्का
प्रमुख प्रशासकीय अधिकृत
cao.ilammun@gmail.com
९८५२६२४१११

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु २००
आवश्यक कागजातहरुः-
  1. पति र पत्निको नागरिकता
  2. अदालतको फैसलाको प्रमाण
  3. विवाह दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु २००
आवश्यक कागजातहरुः-
  1. बसाई सरी जाने वा आउने व्यक्तिको जन्मदर्ता वा नागरिकता 
  2. बसाई सरी जाने वा आउने सुचकको नागरिकता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु २००
आवश्यक कागजातहरुः-
  1. मृतक र सुचकको नागरिकताको प्रमाणपत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु २००
आवश्यक कागजातहरुः-
  1. दुलाहा र दुलहीको नागरिकताको प्रमाण पत्र
  2. बसाई सरी आएको भएमा सो प्रमाण पत्र
  3. दुलाहा र दुलहीको फोटो २/२ प्रति
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु २००
आवश्यक कागजातहरुः-
  1. बाबु,आमाको नागरिकताको प्रमाणपत्र
  2. बाबु आमाको विवाह दर्ता प्रमाण पत्र 
  3. अस्पतालमा बच्चा जन्मेको भएमा सो प्रमाणपत्र
  4. बाबु वा आमा बाहेक अन्य सूचक भएमा सुचकको नागरिकता
  5. कर्मचारीको हकमा कार्यालयको शिफारिस 

नगर बिशेष

इ.न.पा-७, भानुपथ

फोन: ०२७-५२००९७ ,०२७-५२००३१

Email: mun.ilam@gmail.com, info@ilammun.gov.np

दमकल: ९८५२६८१२३६

एम्बुलेन्स: ९८५२६८५२३६,९८०४९१७०००