FAQs Complain Problems

इलाम नगरपालिका इलामको राजश्व छुट सम्बन्धि सूचना

इलाम नगरपालिकाअन्तर्गत खानेपानी सेवा शुल्क, सरसफाइ शुल्क, सम्पत्तिकर, मालपोत लगायतका राजश्व तथा बाँकी बक्यौता असुली र पेश्की फछर्यौट तथा बेरुजु फछर्यौटको कार्य भइरहेको हुँदा आफ्नो नामको राजश्व तथा बाँकी बक्यौता दाखिला र पे.फ. तथा बे.फ. को लागि यस कार्यालयमा सम्पर्क राख्न हुन र वडा कार्यालयमा दाखिला गर्नु पर्ने राजश्वका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । 
इलाम नगरपालिकाको आ.ब. २०७६।०७७ को विभिन्न कर दस्तुर शुल्कको बाँकी बक्यौता २०७७ कार्तिक १५ गते भित्रमा चालु आ.ब. २०७७।०७८ को बुझाउनु पर्ने रकम सहित बुझाएमा गत आ.ब. को जरिवाना छुट गर्ने निर्णय भएकोले तोकिएको मिति भित्रमा बाँकी बक्यौता राजश्व दाखिला गरी छुट सुविधा लिन हुन अनुरोध छ ।
साथै चालु आ.ब. २०७७।०७८ को मालपोत तथा भूमिकर शीर्षकमा १० रोपनीसम्मलाई २५ प्रतिशत, २० रोपनी सम्मलाई २० प्रतिशत, ५० रोपनी सम्मलाई १५ प्रतिशत र ५० रोपनी माथिलाई १० प्रतिशत छुट सुविधा साथै व्यवसाय कर शीर्षकमा पेट्रोल पम्प र रक्सी डिलर थोक बिक्रेता बाहेक ज्वेलरी सुनचाँदी/होटल व्यवसायमा २५ प्रतिशत र अन्यमा १० प्रतिशत छुट सुविधा हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।