FAQs Complain Problems

राष्ट्रसेवकहरुको लागि अवसर

मिति २०७५।२।१४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले २०७५ सालभित्र सिंहदरबार लगायत देशभर नै एक राष्ट्रसेवक एक फलफूलको विरुवा कार्यक्रमको रुपमा संचालन गरी हावापानी र माटो सुहाउदो फलफूलको विरुवा रोपण गर्ने निर्ण्र्ाागरेको र आगामी विश्व वातावरण दिवस जुन ५ का दिनदेखि कार्य शुभारम्भ गरी एक राष्ट्रसेवक एक फलफूलको विरुवा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने भनी गृह मन्त्रालयको मिति २०७५।२।१४ को परिपत्रानुसार निर्ण्र्ााकार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय इलामको च.नं. २४५३ मिति २०७५।१।२५ को परिपत्रबाट अनुरोध भएको हुनाले आफूले रोप्न चाहेको तथा नयाँ गुणस्तरको आधुनिक जातको फलफूलको विरुवा सशुल्क तथा निशुल्क प्राप्तिका लागि नाम दर्ता गराउन र फलफूलका विरुवा उपलब्ध गर्नका लागि प्रत्येक बिहीबारका दिन दिउँसो १०.३० देखि ११.३० सम्मको समयमा आदर्श कृषि बजारदेखि दक्षिणमा रहेको फोहरमैला प्रशोधन तथा प्राङ्गारिक मल उत्पादन केन्द्रमा हरितगृह कृषि तथा पशुपालन कृषक समूह इलामका पदाधिकारीहरुसँग सर्म्पर्क राख्न हुन अनुरोध छ । उल्लिखित कार्यक्रमलाई इलाम नगरपालिकाको वन विकास तथा फलफूल विकास कार्यक्रमअर्न्तर्गत सहयोग उपलब्ध हुने र नगरपालिकाअर्न्तर्गत रहेका कृषि प्राविधिकहरुबाट निशुल्क प्राविधिक सल्लाह उपलब्ध हुने समेत अनुरोध छ ।