FAQs Complain Problems

इलाम नगरपालिका इलामको सूचना

इलाम नगरपालिकाको नगरस्तरीय आर्थिक विकास कार्यक्रमअन्तर्गत साझेदारीमा आधारित किवी तथा ओखर कार्यक्रमअन्तर्गत १२०० मिटरदेखि २५०० मिटरको उचाइमा दन्ते ओखरको कलमीे विरुवा लगाउने कार्यक्रम कार्यान्वयन गरिने भएकोले इलाम नगरपालिका वडा नं. १, ३, ४ भित्रको उल्लिखित उचाइ भएको धरातलमा ५० प्रतिशत लागत साझेदारीमा दन्ते ओखरको विरुवा लगाउन इच्छुक कृषकहरुले १५ दिन भित्रमा आफ्नो वडा कार्यालयमा सम्पर्क गरी निवेदन दर्ता गराउन हुन अनुरोध छ । निवेदनसाथ धनीपूर्जा, चालु आ.ब.को तिरो रसिद, निवेदन दर्ता दस्तुर बुझाएको रसिद, नागरिकताको फोटोकपी संलग्न गर्नु पर्नेछ । यदि आफ्नो नामको धनीपूर्जा नभई अर्काको जग्गामा विरुवा लगाउने भए संझौता पत्रको फोटोकपी पेश गर्नु पर्नेछ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।