FAQs Complain Problems

समाचार

News and Notices

इलाम नगरपालिका इलामको राजश्व छुट सम्बन्धि सूचना

इलाम नगरपालिकाअन्तर्गत खानेपानी सेवा शुल्क, सरसफाइ शुल्क, सम्पत्तिकर, मालपोत लगायतका राजश्व तथा बाँकी बक्यौता असुली र पेश्की फछर्यौट तथा बेरुजु फछर्यौटको कार्य भइरहेको हुँदा आफ्नो नामको राजश्व तथा बाँकी बक्यौता दाखिला र पे.फ. तथा बे.फ. को लागि यस कार्यालयमा सम्पर्क राख्न हुन र वडा कार्यालयमा दाखिला गर्नु पर्ने राजश्वका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । 
इलाम नगरपालिकाको आ.ब. २०७६।०७७ को विभिन्न कर दस्तुर शुल्कको बाँकी बक्यौता २०७७ कार्तिक १५ गते भित्रमा चालु आ.ब. २०७७।०७८ को बुझाउनु पर्ने रकम सहित बुझाएमा गत आ.ब. को जरिवाना छुट गर्ने निर्णय भएकोले तोकिएको मिति भित्रमा बाँकी बक्यौता राजश्व दाखिला गरी छुट सुविधा लिन हुन अनुरोध छ ।
साथै चालु आ.ब. २०७७।०७८ को मालपोत तथा भूमिकर शीर्षकमा १० रोपनीसम्मलाई २५ प्रतिशत, २० रोपनी सम्मलाई २० प्रतिशत, ५० रोपनी सम्मलाई १५ प्रतिशत र ५० रोपनी माथिलाई १० प्रतिशत छुट सुविधा साथै व्यवसाय कर शीर्षकमा पेट्रोल पम्प र रक्सी डिलर थोक बिक्रेता बाहेक ज्वेलरी सुनचाँदी/होटल व्यवसायमा २५ प्रतिशत र अन्यमा १० प्रतिशत छुट सुविधा हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।

Post date: Wednesday, October 7, 2020 - 14:21

इलाम नगरपालिका इलामको सूचना

इलाम नगरपालिकाको नगरस्तरीय आर्थिक विकास कार्यक्रमअन्तर्गत साझेदारीमा आधारित किवी तथा ओखर कार्यक्रमअन्तर्गत १२०० मिटरदेखि २५०० मिटरको उचाइमा दन्ते ओखरको कलमीे विरुवा लगाउने कार्यक्रम कार्यान्वयन गरिने भएकोले इलाम नगरपालिका वडा नं. १, ३, ४ भित्रको उल्लिखित उचाइ भएको धरातलमा ५० प्रतिशत लागत साझेदारीमा दन्ते ओखरको विरुवा लगाउन इच्छुक कृषकहरुले १५ दिन भित्रमा आफ्नो वडा कार्यालयमा सम्पर्क गरी निवेदन दर्ता गराउन हुन अनुरोध छ । निवेदनसाथ धनीपूर्जा, चालु आ.ब.को तिरो रसिद, निवेदन दर्ता दस्तुर बुझाएको रसिद, नागरिकताको फोटोकपी संलग्न गर्नु पर्नेछ । यदि आफ्नो नामको धनीपूर्जा नभई अर्काको जग्गामा विरुवा लगाउने भए संझौता पत्रको फोटोकपी पेश गर्नु पर्नेछ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।

 

Post date: Wednesday, October 7, 2020 - 14:19

इलाम नगरपालिका इलामको सूचना

इलाम नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट हालै घर फर्की स्वदेशमै रोजगार गर्न चाहने व्यक्तिहरुको लागि चालु आ.ब. भित्रै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नको लागि सीपमूलक तालिम लिन चाहनेहरुको विवरण संकलन कार्य भई रहेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवेदन फाराम दर्ता गराउन हुन अनुरोध छ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।

Post date: Wednesday, October 7, 2020 - 14:17

सुरक्षित नागरिक आवास सम्वन्धि सूचना

सुरक्षित नागरिक आवास सम्वन्धि सूचना

Post date: Tuesday, August 25, 2020 - 12:49

प्रतिभा विकास कार्यक्रम

Post date: Thursday, January 9, 2020 - 21:45

MIS operator र Field assistant पदको नतिजा

Post date: Thursday, November 7, 2019 - 18:07

नयाँ Website अपडेटको क्रममा रहेको

नयाँ ढाचाको Website update भैरहेको

Post date: Sunday, October 20, 2019 - 19:39

कार्यक्रममा सहभागिता बारे

Post date: Wednesday, September 18, 2019 - 11:32

लिखित परीक्षाको नतिजा

Post date: Thursday, September 5, 2019 - 16:09

सरसफाई ऐन २०७६

Post date: Monday, August 19, 2019 - 14:25

संस्था दर्ता ऐन २०७६

Post date: Monday, August 19, 2019 - 14:21

उधोग व्यवसाय

Post date: Monday, August 19, 2019 - 14:18

आर्थिक ऐन २०७६/०७७

Post date: Monday, August 19, 2019 - 13:08

बिनियोजन ऐन २०७६

Post date: Monday, August 19, 2019 - 12:55

सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको सदरमुकाममा दिगो समाधानका लागि नयाँ योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी इलाम बजार तेस्रो साना सहरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । 

 

एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको हो । कुल ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको ५७ करोड, ९५ लाख, ७ हजारमा ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।
आयोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराएको हो । बाँकी २५ प्रतिशत रकम भने नगर विकास कोषबाट ऋण लिइएको छ । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता छ । त्यसका लागि इलाम नगरपालिका ६, ७, ८ र ९ (साविकको इलाम नगरपालिका) का ३हजार घरधुरीले पहिलो चरणमा १५ हजार २ सयका दरले रकम जम्मा गरिसकेका छन् ।
गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा पूरा गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । खानेपानी ल्याउनका लागि यस अगाडि नै प्रतिघरधुरी १५ हजार २ सयका दरले रकम उठाइएको इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।
‘आयोजना सम्पन्न भएपछि इलाम बजारमा २४ सै घण्टा पानी झर्ने छ,’ उनले भने, ‘अहिलेको अभाव टार्नसँगै भविष्यको बढदो अवधिलाई पनि लक्षित गरी यो योजना सञ्चालनमा ल्याइएको हो ।’ राणा शासनकालदेखिकै कतिपय पूर्वाधार रहेको अहिलेको पानी आपूर्ति व्यवस्थाले सदरमुकामको माग धान्न नसक्दा समस्या छ ।
सुक्खायाममा मूल सुक्ने र वर्षातमा बाढीपहिरोले संरचना क्षतिग्रस्त बनाउँदा पानीको अभाव हुने गरेको हो । हालसम्म कार्यालय व्यवस्थापन, पाइप खरिद, माटो परीक्षण, कर्मचारी व्यवस्थापनको काम सम्पन्न भएको भइसकेको आयोजनाले जानकारी दियो । आयोजनाका प्रमुख इन्जिनियर मेघराज धिमालले पाइप फिटिङको कार्य समेत सुरु भएकाले समयमा नै काम सम्पन्न हुने बताए ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका ३ वटा र भाँडीखोलाबाट पानी ल्याइने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । योजना सम्पन्न भएपछि आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने छ । लागत सहभागिताबापतको रकमबाटै उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिने छ । साना सहरी आयोजनाले काम शुरु गरेको मुहान र अहिले नगरपालिकामा पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो ।

साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर उत्तरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्न लागेको हो । आयोजना सञ्चालनपछि नगरका चारवटै वडामा पिउने पानीको समस्या हट्ने नगरपालिकाको भनाइ छ ।

स्रोत : कान्तिपुर दैनिक पत्रिका

Post date: Monday, August 19, 2019 - 12:01

आय ठेक्का सूचना २०७६

Post date: Sunday, June 16, 2019 - 14:06

शिक्षक करार सुची

Post date: Tuesday, June 4, 2019 - 13:24

करारमा शिक्षक आवश्यकता

Post date: Thursday, May 16, 2019 - 14:43

अाशय पत्र

Post date: Sunday, April 21, 2019 - 10:18

निशुल्क आँखा शिविर सम्बन्धी सूचना

मिति २०७५।१२।२२

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम, बिराटनगर आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ इलाम, जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा मिति २०७६ साल बैशाख ५, ६ र ७ गतेका दिन इलाम अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले आँखाका रोगीहरुले समयमै सर्म्पर्क राखी आँखाको उपचार गराउन हुन अनुरोध छ । साथै यस सूचनालाई जेष्ठ नागरिक तथा आँखाका रोगीहरु समक्ष प्रचारप्रसार गरि दिन हुन इलाम नगरपालिकाका जनप्रतिनिधिज्यूहरु, वडा सचिव, स्वास्थ्य केन्द्र प्रमुख, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा समेत अनुरोध छ ।

Post date: Thursday, April 11, 2019 - 10:51

गोबरव्यास प्लान्ट तथा सुधारिएको धुँवारहित चुल्हो निर्माण सम्बन्धी सूचना

इलाम नगरपालिका, 

नगर कार्यपालिकाको कार्यालय, इलाम

गोबरग्यास प्लान्ट निर्माण सम्बन्धी सूचना

मिति २०७५।१२।१९

इलाम नगरपालिका क्षेत्रमा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक नागरिकहरुलाई नगरपालिकाले प्लान्ट निर्माणमा सहयोग गर्ने भएको हुँदा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक इलाम नगर क्षेत्रका नागरिकहरुले निम्नानुसार विवरण खुलाई वडा कार्यालयको सिफारिससहित १५ दिन भित्रमा यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ ।

निम्न ः

१. आफूले निर्माण गर्न चाहेको प्लान्टको घनमिटर,

२. आफूले लगानी गर्ने रकम 

३. नगरपालिकाबाट अपेक्षा गरिएको रकम

४. निर्माण गरिएको प्लान्टको दिगो र नियमित सञ्चालन तथा मर्मतसुधारको प्रत्याभूति ।

५. गत ५ वर्षयता गोबरग्यास प्लान्ट निर्माण नगरेको ।

 

 

 

इलाम नगरपालिका, 

नगर कार्यपालिकाको कार्यालय, इलाम

सुधारिएको धुँवारहित चुल्हो निर्माण सम्बन्धी सूचना

मिति २०७५।१२।१९

इलाम नगरपालिका क्षेत्रमा सुधारिएको धुँवारहित चुल्हो निर्माण गर्न इच्छुक व्यक्ति / संस्था / संगठित उपभोक्ताहरुलाई नगरपालिकाले सुधारिएको धुँवारहित चुल्हो निर्माणमा सहयोग गर्ने भएको हुँदा इच्छुक व्यक्ति / संस्था / संगठित उपभोक्ताहरुले निम्नानुसार विवरण खुलाई वडा कार्यालयको सिफारिससहित १५ दिन भित्रमा यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ ।

निम्न ः

२. आफूले लगानी गर्ने रकम 

३. नगरपालिकनबाट अपेक्षा गरिएको रकम

४.निर्माण गरिएको चुल्होको नियमित सञ्चालन तथा प्रयोगको प्रत्याभूति ।

५. परिवार संख्या वा संस्थाका सदस्य संख्या 

Post date: Thursday, April 11, 2019 - 10:50

आगलागी जस्तो विपद्को घटनाहरु हुन नदिनका लागि सबैले देख्ने गरी सूचना प्रचारप्रसार गर्न हुन ।

सूचना

यस वर्षो हावाहुरीको मौसम शुरु भइसकेको छ । हावाहुरीको मौसममा आगलागीको सम्भावना बढी हुने र त्यसबाट जनधनको क्षति लगायत विपद्का अन्य घटनाहरु हुन सक्ने भएकोले आगलागी जस्तो विपद्का घटनाहरु हुन नदिनका लागि सचेतता अपनाउन हुन इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम हार्दिक अनुरोध गर्दछ ।

 निम्न ः

· वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।

· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।

· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।

· होटल, कारखाना, मिनीमार्केट, ग्यास पसलहरुमा आकस्मिक सुरक्षाका लागि फायरस्टिङ्ग्युसर राखौ ।

· खाना पकाइ सकेपछि ग्यास सिलिण्डरको रेगुलेर अनिवार्य रुपले बन्द गरौ । 

· र्सार्वजनिक स्थलमा जथाभावी धुम्रपान नगरौ, चुरोट बिडीका ठुटाहरु निभाएर मात्र डस्विनमा हालौ ।

· आफ्नो घरको विद्युत वायरिङ्गमा कहीकतै नाङ्गो तार देखिए तुरुन्त मर्मतसुधार गराऔ ।

· पेट्रोल डिजेल जस्ता अति प्रज्वलनशील पदार्थहरु जथाभावी खुला रुपले बेचबिखन नगरौ र असुरक्षित ढङ्गले नराखौ ।

· फोहरमैलालाई जलाउने कार्य नगरौ ।

· कहीकतै आगलागीको घटना भएमा ५२००३० नम्बरमा दमकल र १०० नम्बरमा प्रहरीलाई सूचना गरौ ।

Post date: Thursday, April 11, 2019 - 10:36

इलाम बजार तेश्रो शहरी खानेपानी आयोजना शुरु

इलाममा सञ्चालन हुन लागेको ‘इलाम बजार तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना’ को निर्माण सुरु भएको छ ।

निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएसँगै आयोजनाको निर्माण कार्य सुरु भएको नगरपालिकाले विहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ । सम्झौतालाई विहीबार बसेको बैठकले अनुमोदन गरेको बस्नेताले जानकारी दिए ।

निर्माण पश्चात निर्माण भएका सवै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका नगर प्रमुख बस्नेतले जानकारी दिए ।
इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको छ ।

खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार ७ सय ५० रुपैयाँ ऋण लिएको छ । २० वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत व्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत २ करोड ८९ लाख ७५ हजार ३ सय ५० हजार रुपैयाँ मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजना २ वर्ष भित्रमा सम्पन्न हुनेगरी सम्झौता भएको छ ।

आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एसीयाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।

एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउनेछ । साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर को सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाईन तयार भएको छ ।

आयोजनाको सुरुको वर्ष दुई हजार सात सय ९८ घरधुरको २१ हजार चार सय ३३ उपभोक्तालाई दिनको सय लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको संख्या ३० हजार तीन सय २५ पुग्ने अनुमान छ ।

यस्तै कार्यपालिका बैठकले नगरपालिका भित्र यसै शैक्षिक सत्रदेखी मेडिकल कलेज सञ्चालन गर्न सिटिइभिटीसँग सहकार्य गर्ने, त्यसका लागि पहल गरिदिन संघीय सांदिलाई अनुरोध गर्ने, जिल्ला प्रशासन कार्यालय इलामको पुरानो भवनमा संग्रालय स्थापनाका लागि कार्य अगाडी बढाउने निर्णय भएको  छ ।

समाचार साभार :www.nayabulanda.com ,नयाँ बुलन्द 

Post date: Friday, April 5, 2019 - 15:43

इलाम नगरपालिकाकाे अनुराेध

वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।

· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।

· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।

· होटल, कारखाना, मिनीमार्केट, ग्यास पसलहरुमा आकस्मिक सुरक्षाका लागि फायरस्टिङ्ग्युसर राखौ ।

· खाना पकाइ सकेपछि ग्यास सिलिण्डरको रेगुलेर अनिवार्य रुपले बन्द गरौ । 

· र्सार्वजनिक स्थलमा जथाभावी धुम्रपान नगरौ, चुरोट बिडीका ठुटाहरु निभाएर मात्र डस्विनमा हालौ ।

· आफ्नो घरको विद्युत वायरिङ्गमा कहीकतै नाङ्गो तार देखिए तुरुन्त मर्मतसुधार गराऔ ।

· पेट्रोल डिजेल जस्ता अति प्रज्वलनशील पदार्थहरु जथाभावी खुला रुपले बेचबिखन नगरौ र असुरक्षित ढङ्गले नराखौ ।

· फोहरमैलालाई जलाउने कार्य नगरौ ।

· कहीकतै आगलागीको घटना भएमा ५२००३० नम्बरमा दमकल र १०० नम्बरमा प्रहरीलाई सूचना गरौ ।

Post date: Tuesday, March 26, 2019 - 14:11

लेखा परिक्षणको लागि चार्टड एकाउन्टेन्ट संस्थाको आवश्यकता

  इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको
मिति २०७५।११।६ को सूचना

इलाम नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुको आ.ब. २०७४।०७५ सम्मको अन्तिम लेखा परीक्षण कार्य गर्नु पर्ने हुँदा इच्छुक लेखा परीक्षकहरुले मिति २०७५।११।१६ गते भित्रमा यस कार्यालयमा नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको नवीकरण भएको सदस्यता प्रमाणपत्र, स्थायी लेखा नं. दर्ता प्रमाणपत्र, आ.ब. २०७४।०७५ को करचुक्ता प्रमाणपत्र, इलाम नगरपालिकाको व्यवसाय दर्ता प्रमाणपत्रको फोटोकपी लगायत आवश्यक अन्य कागजातसहित आवेदन गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि यस कार्यालयको सूचना पाटी वा वेभसाइट www.ilammun.gov.np  हेर्न हुन सम्बन्धित सबैमा सूचित   गरिन्छ ।

  प्रमुख प्रशासकीय अधिकृत
 

Post date: Monday, February 18, 2019 - 20:35

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति इलामको कार्यक्रम

मिति २०७५।११।६ गते बिहान ७ बजे आफ्नो कार्यालय संघसंस्था परिसरमा सरसफाइ
मिति २०७५।११।७ गते बिहान ७.३० बजे ठूलो टुँडिखेलमा भेला भई चोकबजार हुँदै जिसस भवनसम्म प्रभातफेरी गरी सभामा परिणत र प्रवचन कार्यक्रम
मिति २०७५।११।७ गते बिहान ८.३० बजे जिसस भवनमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम
मिति २०७५।११।७ गते दिउँसो ११.३० बजे जिसस भवनमा प्रजातन्त्र विषयमा वक्तृत्वकला प्रतियोगिता
मिति २०७५।११।७ गते साँझ ६.३० बजे इलाम चोकबजारमा मैनबत्ती प्रज्वलन/दीपावली कार्यक्रम
मिति २०७५।११।८ गते बिहान ८.०० बजे इलाम अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रम
मिति ०७५।११।६ देखि ८ सम्म साँझ नगरमा दीपावली  

Post date: Monday, February 18, 2019 - 20:28

अाषय पत्र

Post date: Sunday, December 30, 2018 - 11:40

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, इलामको मिति २०७५।९।१३ को सूचना

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, इलामको मिति २०७५।९।१३ को सूचना
इलाम सदरमुकाम -खलंगा) स्थापनाको २०० वर्षपूरा भएको अवसरमा आयोजित इलाम हाम्रो गौरव कार्यक्रमअर्न्तर्गत इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ, महासंघअर्न्तर्गत प्रदेश नं. १ र ३ साथै इलाम उद्योग वाणिज्य संघको संयोजनमा इलाम लगानी प्रवर्द्धन सम्मेलनको उद्घाटन र सम्माननीय प्रधानमन्त्रीज्यूको नागरिक अभिनन्दन कार्यक्रम मिति २०७५ पौष २० गते दिउँसो १ बजे इलामको टुँडिखेलमा भव्यताका साथ सम्पन्न हुने भएकोले सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । सो कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन हुने र इलामका उत्पादनहरुको प्रदर्शनी स्टल समेत रहने व्यहोरा अनुरोध छ । साथै यस सूचनालाई व्यापक रुपमा प्रचारप्रसार गरी दिन हुन इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु, इलाम नगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयहरु, इलाम नगरपालिका क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरु र इलाम नगरपालिकाअर्न्तर्गत गठन भएका विभिन्न समिति, उपसमिति तथा उपभोक्ता समितिहरुमा समेत हार्दिक अनुरोध छ । साथै इलाम लगानी प्रवर्द्धन सम्मेलन सम्बन्धमा थप जानकारी लिनु परेमा फोन नं. ५२१५९२ मा सर्म्पर्क गर्न सकिनेछ ।

Post date: Sunday, December 30, 2018 - 10:38

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको 
करारमा हलुका सवारी चालक (श्रेणीविहीन) पदपूर्ति सम्बन्धीे सूचना
मिति २०७५।८।१९

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ अनुसार हलुका सवारी चालक (श्रेणीविहीन)  १ (एक) जना करारमा राख्नु पर्ने भएकोले सो पदको लागि आठौं कक्षा उत्तीर्ण, उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको), नवीकरण भएको सवारी चालक अनुमति पत्र प्राप्त योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र दिनको २ बजेसम्म यस कार्यालयमा राजस्व तिरेको रसिद सहित दरखास्त दिन आव्हान गरिएको छ । साथै उल्लिखित पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता परीक्षा सूचना प्रकाशन भएको १६ औ दिन, बिहान ८.०० बजे यस कार्यालयबाट तोकिएको स्थानमा संचालन हुने व्यहोरा जानकारी गराइन्छ । उल्लिखित पदमा प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले मात्र अन्तरवार्ता परीक्षामा समावेश हुन पाउनेछन् । यस पदको दरखास्त फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरुसहितको विस्तृत विवरण कार्यालय वा कार्यालयको वेभसाइट www.ilammun.gov.np बाट उपलब्ध हुनेछ । यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा प्रचलित कानुन एवम् इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ मा उल्लेख भए अनुसार  हुनेछ ।

Post date: Thursday, December 6, 2018 - 14:22

इलाम न_.पा. टेण्डर 075-076 सूचना

Post date: Thursday, November 22, 2018 - 07:52

खाता संचालन सम्बन्धि

Post date: Thursday, October 4, 2018 - 14:29

घर भाडा सम्बन्धमा

मिति २०७५।६।१० को सूचना

सार्वजनिक खरिद नियमावली २०६४ को दफा ९४ को उपदफा ११ बमोजिम यस कार्यालयको जिन्सी भण्डार प्रयोजनका लागि निम्नानुसारको शर्त तथा विवरण अनुसार आरसीसी पक्की घरको एकै प्mल्याटमा रहेको कम्तीमा २ वटा कोठा १ वर्षको लागि भाडामा लिनु पर्ने भएकोले यो ७ दिने सूचना प्रकाशन गरिएको हुँदा इच्छुक घरधनीले म्याद भित्र यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ । प्राप्त आवेदनहरु मध्ये कार्यालयले उपयुक्त ठह¥याएको आवेदकको प्रस्ताव स्वीकृत गरी सोभैm वार्ताको माध्यमबाट घरभाडाको संझौता हुनेछ ।
निम्न ः
    न.पा.कार्यालयदेखि २ किलोमिटरको परिधि भित्र रहेको क्षेत्र भित्र आरसीसी पक्की घर हुनु पर्ने ।
    कोठाहरू कम्तीमा १० वाइ १० फुटको हुनु पर्ने ।
    सवारी साधन पार्किङ्गको व्यवस्था भएको घरलाई प्राथमिकता दिइने ।
    मोटरेवल सडकसँग जोडिएको हुनु पर्ने ।
    बिजुली, पानीको शुल्क कार्यालयले छुटृै व्यहोर्ने ।
    घरको भाडा नियमानुसार बहाल कर कटृा गरेर मात्र भुक्तानी हुने ।
    संझौतापश्चात कार्यालयले ६ महिनासम्मको भाडा अग्रिम रुपमा दिन सक्ने ।
    कार्यालयले आवश्यकताको आधारमा मर्मतसुधार गर्न सक्ने ।

 

Post date: Thursday, September 27, 2018 - 14:46

सहायक कम्प्युटर अप्रेटर (सहायकस्तर चौथो) पदको अन्तरवार्ता

यस कार्यालयको विज्ञापन नं. १।२०७५।०७६ मिति २०७५।४।२५ समेतको सूचना अनुसार सहायक कम्प्युटर अप्रेटर (सहायकस्तर चौथो) पदको अन्तरवार्ता कार्यक्रम मिति २०७५।५।१९ गते दिउँसो १ बजेदेखि यस कार्यालयमा हुने भएको हुँदा उक्त पदका लागि आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई अन्तरवार्ता कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ ।

Post date: Thursday, August 30, 2018 - 18:39

Pages