FAQs Complain Problems

समाचार

इलाम नगरपालिकाकाे अनुराेध

वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।

· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।

· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।

· होटल, कारखाना, मिनीमार्केट, ग्यास पसलहरुमा आकस्मिक सुरक्षाका लागि फायरस्टिङ्ग्युसर राखौ ।

· खाना पकाइ सकेपछि ग्यास सिलिण्डरको रेगुलेर अनिवार्य रुपले बन्द गरौ । 

· र्सार्वजनिक स्थलमा जथाभावी धुम्रपान नगरौ, चुरोट बिडीका ठुटाहरु निभाएर मात्र डस्विनमा हालौ ।

· आफ्नो घरको विद्युत वायरिङ्गमा कहीकतै नाङ्गो तार देखिए तुरुन्त मर्मतसुधार गराऔ ।

· पेट्रोल डिजेल जस्ता अति प्रज्वलनशील पदार्थहरु जथाभावी खुला रुपले बेचबिखन नगरौ र असुरक्षित ढङ्गले नराखौ ।

· फोहरमैलालाई जलाउने कार्य नगरौ ।

· कहीकतै आगलागीको घटना भएमा ५२००३० नम्बरमा दमकल र १०० नम्बरमा प्रहरीलाई सूचना गरौ ।