FAQs Complain Problems

समाचार

पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको 
पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी
मिति २०७५।२।२७ को सूचना

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २८ बमोजिम यस कार्यालयमा रहेका पुराना जिन्सी मालसामानहरु जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा एकमुस्ट लिलाम बिक्री गर्नु पर्ने भएको हुनाले लिलाम बढाबढमा भाग लिन इच्छुक सम्बन्धित सबैमा जानकारीको लागि यो लिलाम बिक्रीसम्बन्धी सूचना प्रकाशन गरिएको छ । लिलाम बिक्री हुने पुराना जिन्सी मालसामानहरुको विवरण यस कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ ।
निम्नः
१. लिलाम बढाबढमा भाग लिन इच्छुक व्यक्तिहरुले मिति २०७५।३।१७ गते दिउँसो १२ बजे भित्रमा न्यूनतम मूल्यको ५ प्रतिशतले धरौटी वापत हुन आउने रकमसहित यस कार्यालयको राजश्व शाखामा नाम दर्ता गराउनु पर्नेछ ।
२. लिलाम बिक्री तथा बढाबढ कार्य मिति २०७४।३।१७ गते दिउँसो १ बजेदेखि कार्यालय समयसम्म यस कार्यालयको सभा कक्षमा हुनेछ ।
३. लिलाम बढाबढको शुरु अंक न्यूनतम मूल्य रु ५,७४,७३५।०० हुनेछ । डाक बोल्न अगावै बोलिएको अंकको ५ प्रतिशतले हुन आउने रकम नगदै धरौटी राख्नु पर्नेछ र डाक अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी अंक थप हुँदै जानेछ ।
४.लिलाम सकार गरेपछि ७ दिन भित्रमा बाँकी रकम दाखिला गरी लिलाम भएको मालसामान उठाई लैजानु पर्नेछ, तोकेको अवधि भित्र कवोल रकम नबुझाएमा वा रकम बुझाइ मालसामान नउठाएमा धरौटी वापत राखिएको रकम जफत गरी अर्को व्यवस्था गरिनेछ ।
५. लिलाम बिक्रीको जिन्सी मालसामान सम्बन्धमा थप जानकारी लिनु परेमा वा बुभ्mन चाहेमा वा हेर्न चाहेमा कार्यालय समयभित्र जिन्सी शाखामा सम्पर्क गर्न सकिनेछ ।