FAQs Complain Problems

समाचार

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

इलामको मिति २०७५।२।१५ को 

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

 

यस इलाम नगरपालिकाअर्न्तर्गत वडा नं. १, २, ३, ४, ५, १०, ११ र १२ मा हालसम्म मालपोत असूल भई आएकोमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५ बमोजिम २०७५ श्रावण १ गतेदेखि एकीकृत सम्पत्ति कर लागू गरिने र इलाम नगरपालिका वार्ड नं. ६, ७, ८ र ९ का जग्गाधनीहरुको एकीकृत सम्पत्तिकरको विवरण अद्यावधिक -इलाम नगरपालिका वार्ड नं. ६, ७, ८ र ९ का जग्गाधनीहरुको इलाम नगरपालिका वार्ड नं. १, २, ३, ४, ५, १०, ११ र १२ मा भएको सम्पत्तिको विवरण समेत एकीकृत गरिने) गरिने भएकाले इलाम नगरपालिका क्षेत्रभित्र जग्गा रहेका जग्गाधनीहरूलाई आफ्नो जग्गा र सो जग्गामा बनेको संरचनाको विवरण दाखिला गरी इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा लगत कायम गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । 

 

सम्पत्तिको विवरण दाखिला गर्ने फाराम आप\mनो स्थायी बसोबास रहेको वडाको वडा कार्यालय र यस कार्यालयको हेल्प डेस्कबाट निशुल्क उपलब्ध हुने हुनाले आ.ब. २०७४।०७५ को सम्पत्तिकर -इलाम नगरपालिका वार्ड नं. ६, ७, ८ र ९ को हकमा) वा मालपोत -इलाम नगरपालिका वार्ड नं. १, २, ३, ४, ५, १०, ११ र १२ को हकमा) चुक्ता गरेको रसिद देखाएर फाराम प्राप्त गर्नु भई सो फाराममा सत्यतथ्य विवरण भरी ३५ दिन भित्रमा नगर कार्यपालिकाको कार्यालयमा दाखिला गर्नु हुन अनुरोध छ । यस्तो विवरण जग्गाधनी आफै वा सगोल परिवारका व्यक्ति वा जग्गाधनीको मञ्जुरीनामा प्राप्त व्यक्तिले मात्र बुझाउन सक्नेछ । एकीकृत सम्पत्तिकरको आवेदन फाराम भर्ने भराउने कार्यमा वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक, कर्मचारी र वडामा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुबाट निशुल्क सहयोग लिन सकिनेछ । एकीकृत सम्पत्तिकरको विवरण दाखिला गर्ने कार्य आप\mनो स्थायी बसोबास रहेको वडाको वडा कार्यालयमा गर्न सकिनेछ ।

 

इलाम नगरपालिकाले तोकेको अन्तिम मितिसम्म पनि विवरण दाखिला नगर्ने जग्गाधनीहरूले विलम्ब शुल्क तिर्नुपर्ने हुँदा तोकिएको समयभित्रै आ-आफ्नो सम्पत्ति -घर र संरचना) को विवरण पेश गर्नु हुन हार्दिक अनुरोध गरिन्छ । एकीकृत सम्पत्ति करको विवरण दाखिला गर्नका लागि आ.व. २०७४।०७५ सम्मको एकीकृत सम्पत्तिकर वा मालपोत चुक्ता गर्नु पर्नेछ । एकीकृत सम्पति कर तिरेपछि सो घररजग्गामा मालपोत नलाग्ने व्यहोरा समेत जानकारी गराइन्छ ।